• ४ फाल्गुण २०७५ शनिबार/ Saturday 2-16-2019
  • स्टुडियो टाईम : ०२:०३
  • ON AIRलोक संगीतको बसाई
  • UP NEXTजननी समाचार

शिशु निकेतनको ३५ औं वार्षिकोत्सव सम्पन्न, दक्ष जनशक्तिका लागि चुनौती रहेको–महानगर प्रमुख जिसीको भनाई 


माघ २७, पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ मा स्थित शिशु निकेतन सेकेण्डरी ईङ्गिलस स्कुलको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध कार्यक्रम गरी मनाइएको छ । 
कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले उद्घघाटन गर्दै पोखरा आफैमा महँगो शहर भएकोे कारणले स्कुलहरुलाई प्रतिस्पर्धामा रहेर दक्ष जनशक्ति निकाल्न एउटा चुनौती रहेको बताउनुभयो ।
स्वरोजगारको ग्यारेन्टी दिन महानगरको ध्यानाकर्षण भएको भन्दै समाजमा रहेका संस्कृति, संस्कारलाई बिर्सदै गएको अवस्थामा विद्यालयहरुले पनि सबै बिषयबस्तुलाई समायोजन गर्दै अगाडी बढ्नुपर्नेमा उहाँको जोड थियो ।


कार्यक्रमका अध्यक्ष बिधालय ब्यबस्थापन समितिका बरिष्ठ सदस्य एवं नेपाल मानवअधिकार मञ्चका अध्यक्ष एवं नवदक्त ढुंगानाले शैक्षिक क्षेत्रमा फरक छबि बनाएको बताउँदै पैतिस बर्ष पूरा गरेको जानकारी दिनुभयो । यहाँ सम्म आईपुग्नका लागि अविभावक र शुभचिन्तकले दिनुभएको हौसला सदैव प्राप्त गर्ने समेत बताउनुभयो ।


‘जिवनका लागि शिक्षा’ नाराका साथ भएको अभिभावक दिवसमा प्राचार्य नरेन थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त विद्यालय राष्ट्रको एउटा प्रसिद्ध विद्यालय बन्न सफल भएको बताउनुभयो । उक्त प्रतिवेदनमा विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीहरुले विभिन्न प्रतियोगिताहरुमा प्राप्त गरेका उपलब्धीका साथै विद्यालयमा स्थापना भएका विभिन्न छात्रवृति पुरस्कारहरुको वारेमा उल्लेख गरिएको थियो । 


सोही अवसरमा अभिभावकको तर्फबाट आफ्ना भनाई राख्दै नेपाल पत्रकार महासंघ, कास्कीका उपाध्यक्ष एवं रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर बिमला भण्डारीले विद्यालयले शैक्षिक क्षेत्रमा हाँसिल गरेको सर्वोत्कृष्टता कारण आफ्ना बालबालिकलाई सोही विद्यालयमा पढाउन प्रेरित भएको बताउनुभयो । साथै विद्यालयले गुणस्तरलाई अझ बढाउँदै  लैजानुपर्ने बताउदै महानगर अन्तर्गतको शिक्षा बिभागले लिएको नेतृत्व, निगरानी एवं प्रोत्साहनलाई बढावा दिनुपर्ने अवस्थामा शैक्षिक नितिमा बेला–बेलामा आउने निर्देशनले शैक्षिक क्षेत्रप्रति बितृष्णा देखिने गरेको उहाँको भनाई थियो । समाजमा बालबालिका प्रति बढ्दै गएको असुरक्षा र हिंसालाई घटाउनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो । उहाँले सम्पुर्ण अभिभावकहरुलाई विद्यालयमा पुगी बालबालिकाको गतिविधि लगायत बिषयमा चनाखो  हुन समेत आग्रह गर्नुभएको थियो । 


कार्यक्रममा प्याब्सन कास्कीका बरिष्ठ उपाध्यक्ष मथुरा पौडेलले नेपालमा अवसरहरु प्रशस्तै रहेता पनि शैक्षिक क्षेत्रमा राज्यको अस्पष्ट नितीका कारण समस्या झेल्नु परेको बताउनुभयो । साथै उहाँले विद्यालय भविष्य निर्माण गर्ने थलोका रुपमा रहेको उल्लेख गर्नुभयो ।
बिधालयमा लामो समय शैक्षिक कार्य गरि उत्कृष्ट योगदान पु¥याए बापत दिर्घ सेवा सम्मान पदकबाट बिधालयका उप–प्राचार्य रबिमोहन बराल, शिक्षक गोगेन्सन दर्जि र दुर्गा खत्रि सम्मानित हुनुभएको छ ।


कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सोमनाथ शर्मा अवार्ड प्रदान गरिएको थियो  । जसमा २०७३ मा एसईईमा उत्कृष्ट अंक ल्याउने प्रेक्क्षा भट्टराई, उज्वल लम्साल र सचिन कोइरालालाई प्रदान गरिएको थियो भने २०७४ मा एसईईमा उत्कृष्ट अंक ल्याउने दश जना विद्यार्थीहरुलाई नगद सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । संस्थापक स्व. सोमनाथ शर्माको सम्झनामा राएिको सो  अवार्डले उहाँलाई सदैव जिवीत राख्ने कार्य गरेको बिधालयको ब्यबस्थापन समितिका अध्यक्ष सबिता शर्माले बताउनुभयो । 


त्यस्तै बिशेष रत्न पुरस्कारबाट मिस एसईई–२०७३ जेनिफर भट्टराई र २०७४ श्रेया अधिकारी सम्मानित भएका थिए । अतिरिक्त क्रियाकलाप एवं खेलकुद प्रतियोगितामा उत्कृष्ट निलो सदन ट्रफी प्रदान गरिएको थियो । १७०० बिधार्थि अध्ययनरत बिधालयले ३५ बर्ष पार गरि ३६ बर्षमा प्रवेश गरेको सुखद पक्ष रहेको बताउँदै आगामी दिनमा पनि सबैको साथ सहयोग रहने निर्देशक सुदेश शर्माले बताउनुभयो ।  


कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने अविभावक र बिधार्थि गरि चार हजार भन्दा बढि सहभागिता रहेको उप–प्राचार्य रबिमोहन बरालले बताउनुभयो । सो कार्यक्रममा कक्षा १२ की छात्रा प्रेक्क्षा भट्टराईले स्वागत, शिक्षकद्धय मोहन पौडेल र दिपिका कार्कीले कार्यक्रमको संचालन गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई बाटो डट कमको सहयोग

# जननी समाचार

२ फाल्गुण, २०७५

    फागुन–०२, पोखरा । “युवाहरुमा व्यवसाय र समाज प्रति लगाभ” भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसर

पोखरा उद्योग वाणिज्य संघको विवाद बढ्दै

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा, २ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा बिबाद बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु

फेवातालबाट पहिलो चरणमा ३५ हजार घन मिटर माटो निकालियो

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा - ०२ फागुन । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । फेवाताल

हाम्रो टिम

फोटो ग्यालरी