नवयुग र देवीका उत्कृष्ट खेलाडी घोषित

माघ २७ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देवीका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
खेलकुद पत्रकार मञ्च झापाले हिजो साँझ बिर्तामोडमा वितरण गरेको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा नवयुगले उत्कृष्ट वर्ष पुरुष खेलाडी र देवीकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् ।
नवयुगले फुटबलका विशाल राई (बी) र अनन्त तामाङलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । उनीहरु तीनैजना राष्ट्रिय टोलीका सदस्य हुन् ।
त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ जुडोकी देवीका खड्का घोषित भइन् । खड्काले कराँतेकी एस्तर राई र फुटबलकी अन्जिला तुम्बाफो सुब्बालाई पछि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन् ।
उत्कृष्ट खेलाडी बनेका नवयुगले यामाह कम्पनीको मोटरसाइकल र देवीकाले स्कुटी पुरस्कार जितेका छन् ।
त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङ्वा सुब्बा सम्मानित भएका छन् । उनले नगद ३५ हजार रुपैयाँसहित सम्मान र इस्ट होराइजन स्कुलको तर्फबाट नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
वर्ष उत्कृष्ट युवा खेलाडीतर्फ एथलेटिक्सका प्रकाश दुनावार घोषित भए ।
रियाल मड्रिडद्वारा आयाक्स पराजित, अर्को खेलमा टोटनह्याम विजयी
# खेलकुद
२ फाल्गुण, २०७५

२ फागुन,काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराती रियाल मड्रिड र टोटनह्याम हट्सपर विजयी भएका छन् । प्रि–क्वाटरफाईनल पहिलो लेगको
शनिबार कोल्मामा “क्रस कन्ट्री दौड प्रतियोगिता”
# खेलकुद
२४ माघ, २०७५

पोखरा, २४ माघ । शनिबार स्याङ्गजाको कोल्मामा क्रस कन्ट्री दौड हुदैं छ । खेलकुदकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने
म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
# खेलकुद
२४ माघ, २०७५

काठमाडौं, माघ २४ । म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै
प्रतिकृया दिनुहोस