• ४ फाल्गुण २०७५ शनिबार/ Saturday 2-16-2019
  • स्टुडियो टाईम : ०१:३३
  • ON AIRसुन्दर संसार
  • UP NEXTलोक संगीतको बसाई

अमेरिकी राहत सामाग्रीका लागि बाटो खुलाएरै छाड्ने विपक्षी नेताको प्रतिज्ञा

 

माघ २७ । भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुइडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताएका छन् ।

गुइडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए । अमेरिकाले गुइडोको आग्रह स्वीकार गर्दै मानवीय सहायताका सामग्री पठाएको भए पनि सीमा क्षेत्रमै रोकिएको छ ।

राष्ट्रपति निकोलस मादुरोले मानवीय सहायता आफ्नो देशमा हस्तक्षेप गर्ने अमेरिकी बहाना र रणनीति रहेको भन्दै अस्वीकार गरेपछि त्यस्ता सामग्री सीमा क्षेत्रमै रोकिएको हो । भेनेजुएलाका सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेपछि अमेरिकासहितका देशबाट आएको सहायता रोकिएको हो ।

तर, गुइडोले भने मानवीय सहायता सामग्री आउनका लागि मार्ग रोक्न नहुने र त्यसका लागि सहयोग गर्न स्वयंसेवकसँग आग्रह गरेका छन् ।

गुइडोले सहायता सामग्री आउँदो हप्तासम्ममा वितरण थालिने दाबी गरेका छन् । सरकारी अधिकारीले भने सीमा सुरक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको बताएका छन् ।

गुइडोलाई समर्थन गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको इन्धन खानीमा आफ्नो पकड जमाउन ध्यान दिएको सरकारी अधिकारीको आरोप छ । (एजेन्सी)

 

प्रतिकृया दिनुहोस

इरानमा आत्मघाती बम हमला, २७ रिभोलुस्नरी गार्डको मृत्यु

# अन्तरास्ट्रिय

२ फाल्गुण, २०७५

  २ फागुन, काठमाडौं । इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ । इरानी सरकारी

सिरिया र इराक एक हप्ताभित्रै इस्लामिक स्टेटबाट मुक्त हुने ट्रम्पको दावी

# अन्तरास्ट्रिय

२४ माघ, २०७५

  माघ २४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी

अमेरिका–उत्तर कोरियाबीच दोस्रो शिखर बैठक भियतनाममा हुने

# अन्तरास्ट्रिय

२३ माघ, २०७५

  माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् ।

हाम्रो टिम

फोटो ग्यालरी