• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : ०२:२०
  • ON AIR
  • UP NEXTभजन

निर्मला हत्याकाण्ड : डीएनएका लागि रगत संकलन गर्दा आमामाथि हातपात

कञ्चनपुर – निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद भएको छ । 

निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो । 

परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाउनु भएको हो । 

निर्मलाकी आमाले डीएनएका लागि बुधबार रगत संकलन गरेको विषयलाई लिएर घरमा विवाद भएको छिमेकी मञ्जु भट्टले बताउनुभयो । उहाँले राहतको विषयमा पनि परिवारमा द्वन्द्व भएको बताउनुभयो । 

निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिनुभएको थियो । 

डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताउनुभयो । ‘निर्मलाको स्वाबमा भएको डीएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘बुवा र मेरा रगतको नमुना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना संकलन गरेँ ।’

ujyaaloonline

प्रतिकृया दिनुहोस

संविधान संशोधन फेसनको विषय होइन : प्रधानमन्त्री

# राष्ट्रिय

४ माघ, २०७५

  काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिको जनताका आकांक्षा बढेको बताएका छन्

कांग्रेस नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न माग

# राष्ट्रिय

४ माघ, २०७५

  माघ ४,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ

निर्णय उल्ट्याउँदै गए यो सरकार पनि उल्टिन्छ : खाँण

# राष्ट्रिय

४ माघ, २०७५

        ३ माघ, बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले पूर्ववर्ती सरकारले गरेका निर्णयहरु उल्ट्याउँदै जाने हो भने

हाम्रो टिम

फोटो ग्यालरी