• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : ०२:३१
  • ON AIR
  • UP NEXTभजन

छोरी जन्मिए गाउँपालिकाले नै बैंक खाता खोल्ने

 

बिहीबार, २६ पुष, २०७५

इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ ।

गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।

भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । 

अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो ।

इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ ।

सो गाउँपालिकाको चारवटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको उनले बताइन् ।

सो गाउँपालिकामा जनसङ्ख्या २५ हजार १२ रहेको छ ।

जसमध्ये १३ हजारभन्दा बढी महिला छन् ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन अनुरोध गरेको अध्यक्ष गुरुङले बताइन् ।

ती खातामा कम्तीमा रु १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ ।

छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुने छन् ।

हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उनले बताइन् ।

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालीमसमेत दिँदै आएको छ । (रासस)

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

पिस चौतारी पुस्तकालयको समुद्घाटन

# जननी समाचार

४ माघ, २०७५

 माघ ४, पोखरा। लायन्स क्लब अफ पोखरा पिस चौतारी र तोयाकावा लायन्स क्लब जापानको संयुक्त लगानीमा अर्जुन चौपारी, स्याङ्जास्थित पन्चकन्या माविमा पिस

गायक सबिन राई शुक्रबार प्याराडाइज रेस्टुरेन्ट एन्ड लन्जबारमा

# जननी समाचार

४ माघ, २०७५

पोखरा, ३ माघ पप गायक सबिन राई शुक्रबार पोखरेली स्टेजमा उभिने भएका छन् । खुकुरी रमले उनलाई पोखरेली स्टेजमा उभ्याउने भएको हो । प्याराडाइज

शनिबार मिस तामाङको ट्यालेण्ट राउण्ड

# जननी समाचार

४ माघ, २०७५

पोखरा, ३ माघ बैदाम तामाङ समाज पोखराद्धारा आयोजित मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड माघ ५ गते शनिबार पोखरामा हुने भएको छ ।   ट्यालेण्ट

हाम्रो टिम

फोटो ग्यालरी