• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : ०२:१७
  • ON AIR
  • UP NEXTभजन

पर्वतको सरस्वती माविका विद्यार्थीलाई वोटेफद्वारा न्यानो कपडा र स्टेसनरी वितरण


पोखरा, २६ पुस ।

 महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) ले विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामान वितरण गरेको छ ।

न्युन आयस्तर भएका विद्यार्थीलाई सहयोग गरिएको मञ्चले जनाएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रम गरिएको अध्यक्ष जमुना पराजुलीले जानकारी दिइन् ।

पर्वतको मोदी गाउँपालिका ५ वाजुङमा रहेको सरस्वती मा.वि.मा वाल कक्षा देखी कक्षा ५ सम्म अध्ययनरत ३६ जना विद्यार्थीलाई सहयोग गरिएको कार्यक्रम संयोजक कान्ती अधिकारीले जानकारी दिइन् । 

कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा सल्लाहकार देवका पहारीले मञ्चले छोटो समयमा नै धेरै राम्रो र उदाहरणीय काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगका काम गर्नुपर्नेमा जोड दिइन् ।

राज्यले वालवालिकाको लागि विभिन्न प्याकेज ल्याएपनि सबै ठाउँमा पुग्न नसकेकोे अवस्थामा बालबालिकाको लागि पनि केही गर्नुपर्छ भन्ने सोचका साथ सहयोग गरिएको बताइन् । 
कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष जमुना पराजुलीले बालबालिकालाई सहयोग गर्न पाउदा खुसी व्यक्त गरिन् ।

आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने उनले बताइन् ।

 

सहयोगमार्फत संस्था र विद्यालय जोडिन पाएको भन्दै पराजुलीले कार्यक्रम सफल बनाउन खटिएर लाग्ने संस्थाका सवै सदस्यलाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा सल्लाहकार पम्फा पाहारी, नर्मला कँडेल लगायत संस्थाका पदाधिकारी तथा सदस्यको सहभागिता थियो । 

विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वौल्दै पौडेलले विद्यार्थीलाई सहयोग गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा संस्थाले धेरै राम्रा काम गर्न शुभकामना दिए ।

विद्यालयका शिक्षक चिरञ्जिवी अधिकारीले स्वागत गरेका थिए भने अजय लामिछानेले कार्यक्रम संचालन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

पिस चौतारी पुस्तकालयको समुद्घाटन

# जननी समाचार

४ माघ, २०७५

 माघ ४, पोखरा। लायन्स क्लब अफ पोखरा पिस चौतारी र तोयाकावा लायन्स क्लब जापानको संयुक्त लगानीमा अर्जुन चौपारी, स्याङ्जास्थित पन्चकन्या माविमा पिस

गायक सबिन राई शुक्रबार प्याराडाइज रेस्टुरेन्ट एन्ड लन्जबारमा

# जननी समाचार

४ माघ, २०७५

पोखरा, ३ माघ पप गायक सबिन राई शुक्रबार पोखरेली स्टेजमा उभिने भएका छन् । खुकुरी रमले उनलाई पोखरेली स्टेजमा उभ्याउने भएको हो । प्याराडाइज

शनिबार मिस तामाङको ट्यालेण्ट राउण्ड

# जननी समाचार

४ माघ, २०७५

पोखरा, ३ माघ बैदाम तामाङ समाज पोखराद्धारा आयोजित मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड माघ ५ गते शनिबार पोखरामा हुने भएको छ ।   ट्यालेण्ट

हाम्रो टिम

फोटो ग्यालरी