गाउँपालिका अध्यक्ष रोकाले तिरिदिए विद्यालयकोे ऋण

म्याग्दी,
म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफ्नो तलवबापत प्राप्त रकम विद्यालयलाई सहयोग गरेका छन् । रोकाले वडा–५ को दुर्गम क्षेत्र सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई ३ लाख ५० हजार सहयोगस्वरुप उपलब्ध गराएका हुन् ।
तत्कालिन जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको दुईकोठे भवन निर्माणका लागि खरिद गरेको १५ आना जग्गाकोे ऋण तिर्न तलवबापत पाएको रकम विद्यालयलाई सहयोग गरेका हुन् ।
सो जग्गा निर्माण गरिएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरीन विद्यालयको प्रअ रेशम सापकोटाले बताए ।
विद्यालयको भवन निर्माणमा सहयोग गर्ने रोकालाई विद्यालयतर्फबाट गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री पुनले सम्मानपत्रद्धारा सम्मान गरेका थिए । भवन अभावले खुल्ला चौरमा पढ्नु पर्ने बाध्यतामा रहेका सिर्मुनका १ सयभन्दा बढी घरपरिवारका बालबालिकालाई राहत मिलेको छ ।
अध्यक्ष रोकाले गाउँपालिका प्राप्त गरेको सेवासुविधा सरकारी विद्यालयको शिक्षालाई गुणस्तर बनाउन आगामी दिनमा प्राप्त तलवलाई समेत सहयोग गर्ने घोषणा गरेका छन् । सो भवन उद्घाटन तथा सम्मान कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री पुनले प्रदेश सरकारले दुर्गम र ग्रामिण क्षेत्रमा संचालनमा रहेका विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बनाउन प्राथमिकता राखेको जानकारी गराएकी थिईन ।
कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा १६५ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्मको अनुमती पाएको विद्यालयले वि.स २०७२ देखि कक्षा ६ र ७३ सालदेखि कक्षा ८ सम्मको पठनपाठन सुरु गरेको थियो । दुर्गम क्षेत्रमा अवस्थित सिर्कुम गाउँका बालबालिका मावि तहको विद्यालय पढ्न साढे एकघण्टा हिडेर अर्मन पुगेर पढ्नु पर्ने समस्या विद्यालयमा संचालन गएिको ८ सम्मको पठनपाठनले सहज बनाएको ब्यवास्थापन समितिका अध्यक्ष खत्रीले बताए ।
श्रोत
पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई बाटो डट कमको सहयोग
# जननी समाचार
२ फाल्गुण, २०७५

फागुन–०२, पोखरा । “युवाहरुमा व्यवसाय र समाज प्रति लगाभ” भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसर
पोखरा उद्योग वाणिज्य संघको विवाद बढ्दै
# जननी समाचार
२ फाल्गुण, २०७५

पोखरा, २ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा बिबाद बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु
फेवातालबाट पहिलो चरणमा ३५ हजार घन मिटर माटो निकालियो
# जननी समाचार
२ फाल्गुण, २०७५

पोखरा - ०२ फागुन । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । फेवाताल
प्रतिकृया दिनुहोस