• ४ फाल्गुण २०७५ शनिबार/ Saturday 2-16-2019
  • स्टुडियो टाईम : ०१:३४
  • ON AIRसुन्दर संसार
  • UP NEXTलोक संगीतको बसाई

इजी होटलवर्यस को शाखा गण्डकी प्रदेशको राजधानी पोखरामा

photo by:photomandal

  मंसिर–१८, पोखरा ।

पर्यटकिय दृष्टिले महत्वपूर्ण स्थान बोकेको गण्डकी प्रदेशको राजधानी पोखरामा होटल तथा रेष्टुरेण्टलाई आवश्यक पर्ने गुणस्तरिय सामाग्री सुपथ मूल्यमा  एउटै छानामूनी उपलब्ध गराउने लक्ष्य सहित इजी होटलवर्यस प्रा.लि सञ्चालनमा आएको छ । 

काठमाण्डौ पछिको पहिलो शाखाको रुपमा पोखराको न्यूरोडमा संचालनमा आएको उक्त शाखा यूवा व्यवसायीहरुको पहलमा शुरु भएको हो ।

पोखरा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष भिमसेन भुजेलले उक्त प्रा.लिको उद्घाटन गर्नुभएको थियो ।

 

 

उहाँले पोखरामा होटल तथा रेष्टुरेण्टका लागि आवश्यक सामग्री एकै ठाउँमा पाउने भएकाले अब काठमाडौबाट ल्याउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

यस क्षेत्रका लागि चाहिने गुणस्तरिय सामाग्री आफ्नै शहरमा उपलब्ध हुनु सुखद कुरा भएको बताउँदै पोखरामा रहेका होटेल व्यवसायीलाई एकै ठाँउमा राखेर यस होटलवर्यसको बारेमा जानकारी गराउनुका  साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

ईजि होटलवर्यस प्रा.ली.का अध्यक्ष यादव घिमिरेले पोखरा पर्यटकिय शहर भएतापनि  हस्पीटालीटीका साथै यस क्षेत्रलाई आबश्यक पर्ने सामाग्रीहरु पूर्ण रुपमा उपलब्ध नभएको बताउनुृभयो ।

उहाँले पर्यटन क्षेत्रसँग सम्बन्धित होटल रेष्टुरेन्टहरुका लागि काठमाण्डौको मूल्य भन्दा सुपथ मूल्यमा सामानहरु उपलब्ध गराईने बताउनुभयो ।

निकट भविष्यमै बुटवल र नारायणघाटमा पनि सेवा बिस्तार गर्ने योजना रहेको उहाँको भनाई थियो । 

बिगत ११ बर्षदेखि ईजि डिल ईन्टरनेशनल प्रा.ली.सँगको सहकार्यमा काठमाण्डौ बाट सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले नेपालका प्रतिष्ठित होटल, रेष्टुरेन्ट एवं ब्याङ्कवेटका लागि आवश्यक पर्ने गुणस्तरिय सामाग्रीहरु उपलब्ध गराउँदै आएको यूवा ब्यवसायी एवं कम्पनीका प्रोपाईटर सुबास भण्डारीले बताउनुभयो  ।

बिभिन्न मूलुकबाट सामानहरु आयात गरि सहज रुपमा बिक्रि बितरण गरिरहेको पूर्ण अनुभव सँगै पोखरेलीहरुले  पनि पूर्ण रुपमा साथ दिने कुरामा आफु बिश्वस्त रहेको बताउनुभयो ।  

बिगत लामो समयदेखि यसै ब्यबसायमा संलग्न व्यवसायी एवं प्रोपाईटर रामकृष्ण पौडेलले करिब ३ करोडको लगानीमा एउटै छानामूनी यो ब्यबसाय सञ्चालनमा ल्याएको बताउँदै पोखरेलीहरुका निम्ती सुपथ मूल्यमा सामान बिक्री बितरण गरिने बताउनुभयो । 

काठमाण्डौ र पोखरामा लामो समयदेखि ब्यबसायमा क्रियाशिल यूवा ब्यबसायीहरुले संचालनमा ल्याएको ईजि होटलवर्यसमा तारे होटल देखि घरयासी प्रयोगका लागि आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध रहेको अर्का लगानीकर्ता राजु सापकोटाले बताउनुभयो । 

 

 

 

 

प्रतिकृया दिनुहोस

पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई बाटो डट कमको सहयोग

# जननी समाचार

२ फाल्गुण, २०७५

    फागुन–०२, पोखरा । “युवाहरुमा व्यवसाय र समाज प्रति लगाभ” भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसर

पोखरा उद्योग वाणिज्य संघको विवाद बढ्दै

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा, २ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा बिबाद बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु

फेवातालबाट पहिलो चरणमा ३५ हजार घन मिटर माटो निकालियो

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा - ०२ फागुन । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । फेवाताल

हाम्रो टिम

फोटो ग्यालरी