• ४ फाल्गुण २०७५ शनिबार/ Saturday 2-16-2019
  • स्टुडियो टाईम : ०१:३१
  • ON AIRसुन्दर संसार
  • UP NEXTलोक संगीतको बसाई

इपिआई नर्सिङकोे सिस्टम ओरिन्टेसन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न 


मंसिर–१८, पोखरा ।

नर्सिङ एसोसियसन अफ नेपालको आयोजनामा तिन दिने सिस्टम ओरिन्टेसन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

रोगसँग मात्र केन्द्रित नभई कुनै पनि विपतका बेला आधुनिक प्रविधिको प्रयोगबाट सेवा प्रदान गराउनका निम्ति उक्त तालिमको अयोजना गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य कार्यलयका प्रमुख राजेन्द्र प्रसाद घिमिरेले दुर्गम क्षेत्रमा विपतको बारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भुकम्प, बाढीपहिरो लगायतका विपत व्यवस्थापनका कार्यक्रम वडास्तरबाट सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

तालिम अवधि भर सिकेका बिषयबस्तुलाई आ–आफ्ना क्षेत्रमा गएर परिचालन गर्न निम्ति उहाँले आग्रह गर्नुभयो ।

सोही अवसरमा नेपाल नर्सिङ संघ कास्की शाखाको अध्यक्ष क्षेत्र रोकाले विपत व्यवस्थापनलाई आधुनिक प्रविधिको प्रयोगबाट समस्याको निर्मुलीकरण गर्नका निम्ति नर्सहरुलाई दक्ष बनाउने उद्देश्य तालिमले लिएको बताउनुभयो ।

उहाँले निजि क्षेत्रमा रहेका नर्सहरुको तलव जस्ता बिषयमा राज्यको ध्यान जान आवश्यक रहेको बताउनुभयो । 

उक्त तालिममा प्रशिक्षकको रुपमा पोखरा नर्सिङ क्याम्पसको फ्याकेल्टी मेम्भर सफलता श्रेष्ठ, रोशनी श्रेष्ठ, सृजना लिङथेप, शारदा बराकोटी, बसन्ता पोख्रेल र फिल्ड कोओडिनेटर रोशनी घिमिरेले इपिआई नर्सिङको परिचय, वेभ सिस्टम अफ साइन ओएस+, जिओ म्यापिङ्ग, विपत व्यवस्थापनका अवस्था, सिमा लगायतका बिषयमा फरक–फरक सेसनमा रही प्रशिक्षण गराइएको थियो । 

सो कार्यक्रममा उपस्थितिको तर्फबाट चिलाउनेबाँस स्वास्थ्य चौकी, स्याङजाकी नर्स निर्मला क्षेत्रील नर्सहरुले आधुनिक स्तरबाट कसरीे विपत व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी पाएको बताउनुभयो ।

उहाँले सिकेका बिषयबस्तुहरुलाई आफ्नो ठाउँमा गएर छलफल गर्ने र विभिन्न सरोकार निकायमा यि बिषयबस्तु पुर्याउने बताउनुभयो । 

गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा र कास्की जिल्लाका नगर, समुदाय एवं विभिन्न शैक्षिक संघसंस्थाका नर्सहरु गरी ३० जना को उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल नर्सिङ संघ कास्कीको सदस्य मिनु श्रेष्ठले गर्नुभयो ।

प्रतिकृया दिनुहोस

पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई बाटो डट कमको सहयोग

# जननी समाचार

२ फाल्गुण, २०७५

    फागुन–०२, पोखरा । “युवाहरुमा व्यवसाय र समाज प्रति लगाभ” भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसर

पोखरा उद्योग वाणिज्य संघको विवाद बढ्दै

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा, २ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा बिबाद बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु

फेवातालबाट पहिलो चरणमा ३५ हजार घन मिटर माटो निकालियो

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा - ०२ फागुन । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । फेवाताल

हाम्रो टिम

फोटो ग्यालरी