• १ पौष २०७५ आइतबार/ Sunday 12-16-2018
  • स्टुडियो टाईम : ०३:०२
  • ON AIR
  • UP NEXTयोगा कार्यक्रम

पोखरामा पाचौँ अन्तराष्ट्रिय पर्वतिय(ग्रेट हिमालयन) महोत्सव हुदैँ


देबिका तामाङ
मंसिर–१६,पोखरा ।
 अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा डिसेम्बर–११बाट यस वर्षपनि पोखरामा पाचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन)महोत्सव हुने  एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको हो ।
नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय स्थित मंसिर २४, २५ र २६ गते महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । 


महोत्सवमा हिमाली समुदायको परम्परागत संस्कृतिक नाच झाँकीहरुको साथै खेल पर्यटनको प्रर्वद्धन गर्नका निम्ती दक्षिण एसियाकै म्याराथुन महानायक बैकुण्ड मानन्धरको नाममा ‘एन.एम.ए बैकुण्ड मानन्धर हिमालय म्याराथन’ आयोजना गरिने उहाँले बताउनुभयो । 


महिला र पुरुष दवै समुहमा म्यारथन आयाजना गरिने संघका अध्यक्ष सन्त वीर लामाले बताउनुभयो । उहाँले पुरुष समुहका लागि ४५ कि.मि र महिलाहरुको लागि २२.५ दुरी तय गरिएको जानकारी दिनुभयो ।
 म्याराथनमा सहभागिहरुले अन्तराष्ट्रिय पर्वतीय संग्रहालयबाट  फुस्रेखोला, निर्मलपोखरी, बागमारा हुँदै सोही स्थानसम्म सो दुरीमा दौडनुपर्ने जनाइएको छ । म्याराथनमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १ लाख, ५० हजार  र २५ हजार नगद पुरस्कारको व्यवस्था रहेको समेत जानकारी गराइएको थियो ।


त्यस्तै, ‘एन एम ए हिमालय साइक्लिङ’ र ‘एन एम ए टोनि हेगन टुरिज्म पेन्टिङ’ विधाका प्रतिस्पर्धामा क्रमशः १ लाख १० हजार र ५५ हजार पुरस्कार राशी छुट्याइएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको दिनमा विश्व प्रसिद्ध हिमाल आरोहीहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको संघले जानकारी दिएको छ । 
महोत्सवको तयारी स्वरुप ८ सदस्यीय मूल आयोजक कमिटी, ११ सदस्यीय स्टेरिङ कमिटी र महोत्सवको प्रचारप्रसारका लागि मिडिया संयोजक गठन गरिएको छ ।


महोत्सवमा गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति तथा समुदायहरु बिचको सांस्कृति नाच एवं खानाका स्टलहरुमा समेत प्रतिस्पर्धा गराई उत्कृष्ट तिनलाई नगद पुरस्कार प्रदान गरिने भएको छ । 
कार्यक्रममा लोपोन्मुख तारो हान्ने, छेलो हान्नेका साथमा वोल्डरिङ क्लाम्बिङ समावेश गरिएको आयोजकले जनाएको छ । तिन दिनसम्म चल्ने उक्त महोत्सवमा ४० वटा भन्दा बढी विभिन्न स्टलहरु रहने छन् ।


 

 

प्रतिकृया दिनुहोस

पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल सम्पन्न

# जननी समाचार

२६ मङ्सिर, २०७५

  मंसीर २६, बुधबार पोखरा । नेपाल पर्बतारोहण संघको आयोजनामा ३ दिन सम्म पोखरामा जारी रहेको पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल बुधबार सम्पन्न

पोखरा स्पाइरल ग्यालेक्सी आवासिय मा।वी सेनेटी प्याड युक्त

# जननी समाचार

२५ मङ्सिर, २०७५

  पोखरा,२५,मंसिर ।  पोखरा स्पाइरल ग्यालेक्सी आवासिय मावि सेनेटरी प्याड युक्त भएको छ । सामाजिक जागरणका लागि नारी अभियानको पहल तथा विद्यालयको

शाहशीक अवार्डबाट कोरियन नागरिक गिल एवं हिलरी लेगेसी अवार्ड–२०१८ बाट डेनियल सम्मानित

# जननी समाचार

२५ मङ्सिर, २०७५

  देबिका तामाङ मंसिर–२५, पोखरा ।। नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पाँचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय  (ग्रेट हिमालयन) महोत्सवमा

हाम्रो टिम

फोटो ग्यालरी