• १ पौष २०७५ आइतबार/ Sunday 12-16-2018
  • स्टुडियो टाईम : ०२:५१
  • ON AIR
  • UP NEXTयोगा कार्यक्रम

लेकसाइड डोजाङ्गको सहयोग


मंसिर १७,पोखरा
खेलकुदसंगै विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय पोखराको लेकसाइड डोजाङ्गले पोखरा–२० डाँडा गाउँमा रहेको देवी आधारभूत विद्यालयलाई स्विटर, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।
शनिबार एक समारोहका विच डोजाङ्ग प्रमुख प्रितम कुँवरले झण्डै ३० हजार बराबरको सहयोग सामग्री विद्याल व्यवस्थापन समितिका अध्यक्ष पवित्रा परियारलाई हस्तान्तरण गरे । सहयोग सामग्री बुझ्दै समितिका अध्यक्ष परियारले डोजाङ्गको सहयोग विद्यार्थीहरुका लागि हौसला भएको बताइन् । विद्यालयमा अध्यायनका लागि आउने विद्यार्थीहरु कमजोर आर्थिक अवस्थाको रहेका जनाउँदै विद्यार्थीहरुलाई उक्त सहयोग ठूलो सहयोग भएको विद्यालका प्रधानाध्यापक रामचन्द्र सुवेदी बताए ।
कार्यक्रममा बोल्दै डोजाङ्ग प्रमुख प्रितम कुँवरले डोजाङ्गले खेलकुदसंग विभिन्न सामाजिक एवं चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । विद्यार्थीलाई पढाई र खेलकुदसंगै सामाजिक कार्यतर्फ पनि अग्रसर पार्नुपर्नेमा उनले जोड दिए । डोजाङ्गका विद्यार्थीद्वय मनिष भट्टराई र उषा थारुले कार्यक्रम सञ्चालन गरेका थिए । 
फोटो पनि छ । 

प्रतिकृया दिनुहोस

पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल सम्पन्न

# जननी समाचार

२६ मङ्सिर, २०७५

  मंसीर २६, बुधबार पोखरा । नेपाल पर्बतारोहण संघको आयोजनामा ३ दिन सम्म पोखरामा जारी रहेको पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल बुधबार सम्पन्न

पोखरा स्पाइरल ग्यालेक्सी आवासिय मा।वी सेनेटी प्याड युक्त

# जननी समाचार

२५ मङ्सिर, २०७५

  पोखरा,२५,मंसिर ।  पोखरा स्पाइरल ग्यालेक्सी आवासिय मावि सेनेटरी प्याड युक्त भएको छ । सामाजिक जागरणका लागि नारी अभियानको पहल तथा विद्यालयको

शाहशीक अवार्डबाट कोरियन नागरिक गिल एवं हिलरी लेगेसी अवार्ड–२०१८ बाट डेनियल सम्मानित

# जननी समाचार

२५ मङ्सिर, २०७५

  देबिका तामाङ मंसिर–२५, पोखरा ।। नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पाँचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय  (ग्रेट हिमालयन) महोत्सवमा

हाम्रो टिम

फोटो ग्यालरी