• ४ फाल्गुण २०७५ शनिबार/ Saturday 2-16-2019
  • स्टुडियो टाईम : ०१:५६
  • ON AIRसुन्दर संसार
  • UP NEXTलोक संगीतको बसाई

निजी क्षेत्रसँग सम्वृद्धिको अभियानमा साथ दिनुपर्छ ः मूख्यमन्त्री गुरुङ

photo by: सुदर्शन रन्जित

पाेखरा-१३,मंसिर ।

पोखरामा बिहीबार देखी सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ एक्सपो पोखराको आयोजक हो । नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित एक्सपो मंसिर २४ गतेसम्म जारी रहनेछ ।

एक्सपोको उद्घाटन गर्दै गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई सम्वृद्ध बनाउने अभियानमा साथ दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

उहाँले उद्योग व्यवसायको लागि सुरक्षाको प्रत्याभूति दिन, एकद्धार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउन र नाफाको ग्यारेण्टी गर्न तयार रहेको बताउनुभयो ।

उहाँले सिमेण्ट कारखानालगायतका ठूला परियोजनामा लगानी गर्न यहाँको निजी क्षेत्रसँग आग्रह पनि गर्नुभयो । प्रदेश सरकारलाई आवश्यक पर्ने ७० देखि ८० प्रतिशत कर्मचारीले काम थालेको र सेवा दिने केही कार्यालयहरु संचालनमा आई सकेकोले अब विकास निर्माणका कामले गति लिने उहाँको दावी थियो ।

गण्डकी प्रदेशको सरकार सुशासन र भ्रष्टाचार अन्त्यको लागि क्रियाशिल रहेको उहाँले उल्लेख गर्र्नुभयो ।

यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन,  सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,  पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्नु पनि एक्सपोको उदेश्य भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अब राजनीतिक अस्थिरतालाई दोष दिएर सम्वृद्धि हाँसिल हुन सकेन भन्ने छुट राजनीतिक नेतृत्वलाई नभएको बताउनुभयो ।

केन्द्रीय सरकार गठनपछिका ९ महिना निजी क्षेत्र, प्रदेश सरकार र स्थानीय सरकारका लागि पनि सुखद नभएको बताउँदै उहाँल्े सरकारको विकास बजेट खर्च गर्ने गति असाध्यै सुस्त भएकोमा असन्तुष्टी जाहेर गर्नुभयो  ।

गण्डकी प्रदेशका मूख्यमन्त्रीको मुखबाट आफूले सोचेजस्तो काम गर्न नपाएको÷नदिइएको गुनासो सुनिँदै आएको प्रसङ्ग निकाल्दै उहाँले त्यसलाई शुभ संकेत नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले २०३६ सालदेखि बन्द रहेको तनहुँको पालुङटार विमानस्थल संचालनमा आउन सके गण्डकी प्रदेशमा आउने पर्यटकको संख्यामा वृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामजश्यको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताउनुभयो ।

राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्न हुने तथा घुस नखुवाई कामै नहुने परिपाटी अन्त्य नहुँदासम्म देशका आन्तरिक र बाह्य लगानी आकर्षित हुन नसक्ने उहाँको ठोकुवा थियो ।

उहाँले संघीय सरकारले प्रदेशबाट प्राप्त हुने राजश्वको आधारमा प्रदेशलाई बजेट हस्तान्तरण गर्ने भएकोले राजश्वको स्रोत बढाउन प्रदेश सरकारलाई सुझाव पनि दिनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मेला र महोत्सव आयोजनाको सुरुवात गर्ने पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको स्तर खस्कन नदिनेबारे सोच्न आयोजकलाई आग्रह गर्नुभयो ।

एक्सपोको मूख्य प्रायोजक लक्ष्मी समूहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने एक्सपोले आर्थिक गतिविधी चलायमान हुने बताउनुभयो । 

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको धन्यवाद र महासचिव अर्जुन पोखरेलको संचालन रहेको समुद्घाटन सत्रको अगाडि संघको सचिवालयदेखि प्रदर्शनी स्थलसम्म प्रभातफेरीको पनि आयोजना गरिएको थियो ।

प्रभातफेरीमा उद्योगी÷व्यवसायीहरु सहित ५८ वटा आमा समूहको सहभागिता रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

प्रभातफेरीमा सहभागीमध्ये च्यूलीपार्चे तमु समाज, माटेपानी पहिलो, तेर्सापट्टी जल विनायक आमा समूह दोस्रो र दुर्गा भगवती महिला समूह, श्रीधाराले तेस्रो स्थान प्राप्त गरे । उनीहरुले पुरस्कारस्वरुप क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको मूल्याङ्कन समितिका संयोजक तथा संघका पूर्व उपाध्यक्ष ईश्वर कर्माचार्यले जानकारी दिनुभयो ।

 एक्सपोमा पोखरा औद्योगिक क्षेत्रका उद्योगहरुका उत्पादन, मोवाइल र मोवाइलका सामानहरु, पर्यटन प्रवद्र्धनात्मक स्टल, मेड इन नेपालपेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी,हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुसहित ३ सय प्रदर्शनी कक्षहरु राखिएका छन् । 

मेलाको दोस्रो दिन शुक्रबारबाट विद्यालयस्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोकगीत प्रतियोगिता, लोपोन्मुख साँस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । 

उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो आयोजना गरिएको आयोजकको दावी छ । 

प्रतिकृया दिनुहोस

पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई बाटो डट कमको सहयोग

# जननी समाचार

२ फाल्गुण, २०७५

    फागुन–०२, पोखरा । “युवाहरुमा व्यवसाय र समाज प्रति लगाभ” भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसर

पोखरा उद्योग वाणिज्य संघको विवाद बढ्दै

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा, २ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा बिबाद बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु

फेवातालबाट पहिलो चरणमा ३५ हजार घन मिटर माटो निकालियो

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा - ०२ फागुन । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । फेवाताल

हाम्रो टिम

फोटो ग्यालरी